
पुस १४, काठमाडौं / मेक्सिकोको वहाका क्षेत्रमा रेल दुर्घटना हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ। मेक्सिकन नौसेनाले रेल दुर्घटनाको पुष्टि गरेको छ ।
बीबीसीका अनुसार रेलमा २४१ यात्री र नौ जना चालक दलका सदस्यहरू सवार थिए । नौसेनाले दुर्घटनामा परी घाइते भएका ९८ जनामध्ये ३६ जनाको अस्पतालमा उपचार भइरहेको जनाएको छ ।
अधिकारीहरूका अनुसार रेल निजाना शहर नजिकै एक मोडमा लिकबाट बाहिरिएको बताएका छन् । मेक्सिकोका न्यायाधिवक्ताले दुर्घटनाको अनुसन्धान सुरू गरिएको जनाएका छन् ।
मेक्सिकोका राष्ट्रपति क्लाडिया शीनबामले घाइतेमध्ये पाँच जनाको अवस्था गम्भिर रहेको बताएका छन्।