२०८२ माघ १, बुधबार

उम्मेदवारी फिर्ता

समानुपातिक सूचीबाट १८ राजनीतिक दलका १६४ जनाले फिर्ता लिए उम्मेदवारी

विभिन्न १८ राजनीतिक दलका १६४ जना समानुपातिक सूचीमा रहेका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
समानुपातिक सूचीबाट १८ राजनीतिक दलका १६४ जनाले फिर्ता लिए उम्मेदवारी

पुस २९, काठमाडौँ / निर्वाचन आयोगका अनुसार विभिन्न १८ राजनीतिक दलका १६४ जना समानुपातिक सूचीमा रहेका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । नाम फिर्ता लिएकाहरूको ठाउँमा अर्को नाम पठाउन निर्वाचन आयोगले सम्बन्धित दललाई सूचित गरेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

आयोगका अनुसार समानुपातिक सुचीबाट सबैभन्दा धेरै उम्मेदवारी फिर्ता लिनेमा लोकतान्त्रिक समाजवादी पार्टीका ७८ जना रहेका छन् । त्यसपछि जनता समाजवादी पार्टी नेपालका २१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । तेस्रोमा जनमत पार्टीका २० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । चौथो धेरै नाम फिर्ता लिनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका १२ जना रहेका छन् ।

त्यसैगरी जनादेश पार्टी नेपालका ६ जना, नेकपा एमालेका ५ जना, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का ४ जना, राष्ट्र निर्माण दल नेपालका ४ जना उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस