२०८२ अषाढ २२, आईतबार

खोलामा डुबेर २ बालकको मृत्यु

सुनसरीमा पौडी खेल्न गएका दुई बालकको खोलामा डुबेर मृत्यु भएको छ ।
खोलामा डुबेर २ बालकको मृत्यु

२२ असार, विराटनगर / सुनसरीमा पौडी खेल्न गएका दुई बालकको खोलामा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिका–१६ को मुरा खोलामा पौडी खेल्ने क्रममा शनिबार दिउँसो डुबेर ९ र ११ वर्षीय बालकको मृत्यु भएको हो ।

इटहरी–१६ का रमेश खत्रीका ९ वर्षीय छोरा युनिस खत्री र इटहरी–५ का बुद्धि परियारका ११ वर्षीय छोरा हेमबहादुर परियार (बिसु परियार) पौडी खेल्ने क्रममा खोलाको दहमा डुबेका थिए । उद्दार गरी उनीहरुलाई सान्बी सिटी अस्पताल इटहरीमा ल्याए लगतै चिकित्सकले मृत घोषित गरेका थिए ।

मृतक बालकको शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको प्रहरीले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस