२०८२ बैशाख ६, शनिबार
हेटौंडा मकवानपुरगढी

मकवानपुर गाडि दुर्घटनामा २ जानाको मृत्यू १४ जना घाइते

गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ
मकवानपुर गाडि दुर्घटनामा २ जानाको मृत्यू १४ जना घाइते

५ वैशाख, काठमाडौँ  / हेटौंडा मकवानपुरगढी गाउँपालिकास्थित कान्तिलोकपथ खण्डमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मकवानपुरगढी गाउँपालिका–२ धरमपानीमा काठमाडौंबाट हेटौंडा आउँदै गरेको बाप्र०१–००६ ख ७०७२ नम्बर इभी गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

उनका अनुसार सर्लाहीको बागमती गाउँपालिका–७ बस्ने १३ वर्षीया मानुषी मगर र रौतहट दुर्गा भवानी गाउँपालिका वडानम्बर–५ बस्ने ५० वर्षीय निलमदेवी राउतको मृत्यु भएको छ ।

मगरको शव घटनास्थल नजिकको खोल्सामा भेटिएको थियो भने राउतको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस