२०८२ श्रावण १७, शुक्रबार

अर्घाखाँचीमा २० जनाले पाए बाँदर र बँदेल धपाउने जागिर

अर्घाखाँचीमा बाँदर र बँदेललाई धपाउन २० जना कर्मचारी नियुक्त गरिएको छ ।
अर्घाखाँचीमा २० जनाले पाए बाँदर र बँदेल धपाउने जागिर

५ साउन काठमाडौँ / अर्घाखाँचीमा बाँदर र बँदेललाई धपाउन २० जना कर्मचारी नियुक्त गरिएको छ । डिभिजन वन कार्यालय अर्घाखाँचीले जिल्लामा वन व्यवस्थापन कार्यमा सक्रिय रहेका र समूह कोषमा मौज्दात आय राम्रो भएका १० वटा सामुदायिक वन समूह सँगको सहकार्यमा बाँदर र बँदेल हेरालु भर्ना गरेको हो ।

वन्यजन्तुजन्य क्षति न्यूनीकरण, किसानको खेती सुरक्षित गर्ने तथा मानव वन्यजन्तु सहअस्तित्व प्रवद्र्धन गर्ने उद्देश्यले बाँदर र बँदेल हेरालुका लागि २० जना कर्मचारी भर्ना गरिएको डिभिजनल वन अधिकृत मोहनप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनीहरूलाई सोमबारदेखि नै बाँदर र बँदेलको धेरै आतंक देखिएका गाउँहरू पाली, किमडाँडा, बल्कोट, चिदिका, केरुङगा, अड्गुरी, खन, अर्घातोष, पोटुवाथुममा खटाइएको छ । ६ वटा स्थानीय तहका १० वटा क्षेत्रमा दुई–दुई जनाको दरले हेरालु राखिएको डिभिजनल वन अधिकृत श्रेष्ठले बताए । हेरालुले मासिक १० हजार रुपैयाँ पारिश्रमिकसहित सञ्चार खर्च पाउने छन् ।

शितगंगा नगरपालिकामा वन व्यवस्थापनमा खटिएको १० वटा सामुदायिक वनले मासिक दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । साउनदेखि कात्तिक ५ गतेसम्म खेतबारीमा रहने मकै, फर्सी, कांक्रा, सिमी, बोडी लगायतका अन्न र तरकारी बालीमा बाँदर र बँदेलको आतंक हुने भएकाले यसवर्ष परीक्षणको रूपमा हेरालु राखिएको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस