२०८२ चैत्र १, आईतबार

पक्राउ

बालेनको घरमा चोरी गर्ने ३ जना पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बालेनको घरमा चोरी गर्ने ३ जना पक्राउ

माघ २५, काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट ल्यापटप, त्यसको चार्ज र भिडियो रेकर्डर बरामद भएको छ । चोरीमा मुख्य व्यक्ति जेनजी आन्दोलनको क्रममा भदौ २४ मा नख्खु कारागारबाट फरार रहेका व्यक्ति रहेको प्रहरीे परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताएका हुन् । प्रहरीले उनीहरुमाथि अनुसन्धान जारी रहेको भन्दै थप विवरण भने बताएको छैन ।

 

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस