२२ साउन काठमाडौँ / जम्मु–कश्मीरको उधमपुर जिल्लामा बिहीबार केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ) को गाडी सडकबाट चिप्लिएर नालीमा तीन जवानको मृत्यु भएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार दुर्घटनामा १५ जना जवान घाइते पनि भएका छन् । १८७औँ बटालियनका यी जवान वसन्तगढबाट अपरेसन सकेर फर्किरहेका बेला बिहान १०ः३० बजे कडवा क्षेत्रमा दुर्घटनामा परेका हुन् ।
गाडीमा २३ जना थिए । भारतका केन्द्रीय मन्त्री डा. जितेन्द्र सिंहले सामाजिक सञ्जाल प्लेटफर्म एक्समामार्फत दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।