२१ जेठ, काठमाडौँ / सुनसरीमा खोलाको बगरमा गाडेर राखेको अवस्थामा प्रहरीले ३८ बोरा गाँजा बरामद गरेको छ ।
भारत तस्करीका लागि तस्करको समूहले सुनसरीको कटान खोलाको बगरमा गाडेर राखेको अवस्थामा मंगलबार ११२० किलाे गाँजा भेटिएको थियो ।
बरामद गाँजा ११२० किलो रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले जानकारी दिए ।
उनका अनुसार सुनसरीको हरिनगरा गाँउपालिका ५ र ६ को सिमाना भएर बग्ने कटान खोलाको बगर गाडेर राखेको अवस्थामा ३८ बोरा गाँजा बरामद गरेको हो ।