२०८२ अषाढ ६, शुक्रबार

कैलालीमा चोरीका ८ मोटरसाइकलसहित ४ जना पक्राउ

कैलालीमा चोरीका आठ वटा मोटरसाइकलसहित चार जनालाई पक्राउ गरिएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ २३, बिहिबार
कैलालीमा चोरीका ८ मोटरसाइकलसहित ४ जना पक्राउ

२२ जेठ, काठमाडौँ / कैलालीमा चोरीका आठ वटा मोटरसाइकलसहित चार जनालाई पक्राउ गरिएको छ ।

घोडाघोडी नगरपालिकाका विभिन्न स्थानबाट चोरी भएका ८ वटा मोटरसाइकलसहित ४ जना व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीको कमाण्डमा खटिएको टोलीले घोडाघोडी नगरपालिका–१ को लोहारपुर र जंगल क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–२ साडेपानीका २२ वर्षीय मदन सार्की, घोडाघोडी–१ को लोहारपुरका १४ वर्षीय किशोर निराजन शाही, चोरी गरिएका मोटरसाइकल सस्तोमा खरिद गरी नाफा कमाउने कार्यमा संलग्न घोडाघोडी–१० पहलमानपुरका २३ वर्षीय जितेन्द्र चौधरी र लक्ष्मीपुरका १४ वर्षीय निराजन शाही रहेको डीएसपी सिंहले बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस