३ वैशाख, काठमाडौं / काभ्रेको पाँचखाल नगरपालिका–३ चापेपिपलबोटस्थित सडकमा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँकी शक्ति परियारकी चार वर्षीया छोरी आरिका परियार छिन् । उनको मंगलबार दिउँसो मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा थप उपचारको लागि लगिएको थियो । धुलिखेल अस्पतालमै उनको मृत्यु भएको हो ।
बा.प्र.०१–००४ क १८४५ नम्बरको टिपरको ठक्करबाट उनको मृत्यु भएको हो । टिपर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।