२०८२ कार्तिक २४, आईतबार

रूसमा हेलिकप्टर दुर्घटना हुदाँ ५ जनाको मृत्यु

रूसमा हेलिकप्टर दुर्घटना हुदाँ ५ जनाको मृत्यु

२३ कात्तिक, काठमाडौं / रूसको दागिस्तान राज्यमा नोभेम्बर ७ मा एक रूसी केए–२२६ हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । हेलिकप्टर नियन्त्रण बाहिर भएर जमिनमा खसेको थियो ।

मृत्यु हुनेहरूमा एकै इलेक्ट्रो मेकानिकल प्लान्टका ४ जना कर्मचारीहरू समावेश छन् । कम्पनीले नोभेम्बर ८ मा यो जानकारी दिएको हो । दुर्घटनाको कारण भने हालसम्म पत्ता लागेको छैन । हेलिकप्टर दागिस्तानको अची–सू गाउँ नजिकै क्यास्पियन सागर क्षेत्रमा खसेको थियो ।

रूसी सरकारी सञ्चार माध्यमले पहिले यो हेलिकप्टरले पर्यटकहरूलाई बोकेर गइरहेको बताएको थियो । केईएमजेड हवाई उपकरणहरू बनाउने एक रक्षा कम्पनी हो ।

मृत्यु हुनेहरूमा प्लान्टका उप–महानिर्देशक पनि समावेश छन् । हेलिकप्टरका फ्लाइट मेकानिकको पनि मृत्यु भएको छ । यस्तै, दुई जना घाइते भएका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस