२०८२ आश्विन ३०, बिहिबार

५ सडक पूर्ण रुपमा बन्द

वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न राजमार्ग र सडकहरू अवरुद्ध भएका छन् ।
५ सडक पूर्ण रुपमा बन्द

९ असोज, काठमाडौं /  वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न राजमार्ग र सडकहरू अवरुद्ध भएका छन् । आज बिहान ८ बजेसम्मको जानकारी अनुसार देशभरका ५ सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् भने चारवटा सडकखण्ड एकतर्फी रुपमा मात्रै सञ्चालन भएका छन् ।

प्रहरीका अनुसार कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–एकुवामा सडक अवरुद्ध भएको छ ।

बाढीले रसुवाको गोसाइकुन्ड गाउँपालिका–२ स्थित नेपाल र चीन नाका जोड्ने पुल बन्द भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा पहिरो जाँदा नारायणगढ–मुग्लिन सडक पूर्णरुपमै बन्द छ ।

यस्तै, मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम पूर्वको भूमे गाउँपालिका–४ काँडाबगरमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस