२०८२ मंसिर २५, बुधबार

शपथग्रहण

एकैदिनमा ६७ नयाँ अधिकृतलाई परराष्ट्रमा शपथग्रहण

परराष्ट्र मन्त्रालयले नवनियुक्त अधिकृतहरूलाई शपथग्रहण तथा नियुक्ति पत्र दिँदै बधाई दिएका छन् ।
एकैदिनमा ६७ नयाँ अधिकृतलाई परराष्ट्रमा शपथग्रहण

मंसिर २४, काठमाडौँ /  परराष्ट्र मन्त्रालयले आज ६७ जना नयाँ अधिकृतलाई स्वागत गरेको छ। नवनियुक्त अधिकृतहरूलाई शपथग्रहण तथा नियुक्ति पत्र दिँदै परराष्ट्र सचिव अमृतबहादुर राईले बधाई दिएका हुन् ।

उनले पहिला नागरिक भन्ने मार्गदर्शक सिद्धान्तअनुसार जिम्मेवारी वहन गर्दै उच्चतम स्तरको पेसागत इमान्दारी र निष्ठा कायम राख्न अधिकृतहरूलाई निर्देशन दिएका छन् ।

सचिव राईले प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय परिवेशमा नेपालको राष्ट्रिय हितको संरक्षण र प्रवद्र्धनका लागि वैदेशिक सेवा अधिकृतहरूको क्षमता, समर्पण र दृढताको भूमिका अझ महत्त्वपूर्ण हुने उल्लेख गरेका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस