
पुस २७, चितवन / रत्ननगर नगरपालिका–४ मा शनिबार बिहान ६८ वर्षीया सुकमायादेवि तमाङ मृत भेटिएकी छन् । बिहान अबेलासम्म पनि उनलाई घर बाहिर निस्केको नदेखेपछि १० बजेतिर तिर छिमेकीहरूले गएर हेर्दा उनी कोठामा मृत फेला परेकी हुन् । घटनाको प्रकृति हेर्दा उनको हत्या भएको आशंका प्रहरीले गरेको छ ।
‘मुखमा कपडा कोचेको छ । घाँटी अठ्याएको झै पनि छ । बाहिरी घाउचोट देखिएको छैन’ चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रपिन्द्र खनालले भने ।हात खुट्टा पनि कपडाहरूले बाँधेको पाइएको र घटना हुँदा घरमा महिला एक्लै भएको उनले बताए ।
शवको पोष्टमार्टमपछि थप कुरा खुल्ने र विभिन्न कोणबाट घटनाको विश्लेषण र अनुशन्धान भइरहेको डिएसपी खनालले बताए ।