२०८२ मंसिर १, आईतबार

७ दलीय गठबन्धनका सांसदले दिए सडकमा धर्ना

७ दलीय गठबन्धनका सांसदले दिए सडकमा धर्ना

३० कात्तिक, जनकपुरधाम / मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्कंदै जाँदा सात दलीय गठबन्धनका सांसद आइतबार पनि धर्ना बसेका छन् । नेपाली काँग्रेससहित सात दलका सांसदहरू मधेश प्रदेश सभा भवन अगाडि बाटो छेकेर धर्नामा बसेका हुन् ।

सभामुख रामचन्द्र मण्डलमाथि कारबाहीको माग गर्दै उनीहरूले शनिबार प्रदेश सभा परिसरको चौरमा प्रदेश सभा बैठक चलाएका थिए । गत २४ कात्तिकमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेर होटेलमा शपथ खुवाएपछि सात दल निरन्तर विरोधमा छन् ।

मुख्यमन्त्री नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका उनीहरूले मधेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध पनि महाअभियोग दर्ता गराएका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस