
पुस २८, काठमाडौं / ललितपुरमा ८३ वर्षीय वृद्धको हर् त्या भएको छ । हर् त्यापछि बोरामा हालेर इनारमा फालेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । हर् त्या भएका वृद्ध इलामका गर्जमान थापा रहेको र उनी ललितपुर महानगरपालिका–१७ प्रसिद्ध टोल बस्दै आएका थिए ।
प्रहरीका अनुसार ती वृद्ध शुक्रबारदेखि हराएको भन्दै प्रहरीमा खबर भएको थियो । खोजी गर्ने क्रममा आज (सोमबार) ललितपुरकै किस्ट अस्पताल नजिकैको इनारमा उनको शव भेटिएको हो ।बोरामा प्याक गरेको अवस्थामा शव भेटिएकाले हर् त्या भएको निष्कर्ष निकालेर प्रहरीले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।