२०८२ बैशाख ७, आईतबार
राप्रपा प्रदर्शन

बल्खु चोकमा भेला हुन थाले राप्रपाका नेता कार्यकर्ता

राप्रपाका नेता कार्यकर्ताहरू आमसभास्थल बल्खुमा भेला
बल्खु चोकमा भेला हुन थाले राप्रपाका नेता कार्यकर्ता

२६ चैत काठमाडौँ / राप्रपाका नेता कार्यकर्ताहरू आमसभास्थल बल्खुमा भेला हुन थालेका छन् । सो पार्टीलाई बागमती प्रदेशस्तरीय सभाका लागि प्रशासनले बल्खु स्थान तोकेपछि कलंकी, कालिमाटी, कीर्तिपुर र आसपासबाट राप्रपाका नेता कार्यकर्ता बल्खु पुग्न थालेका हुन् ।

बल्खु चोकमा आयोजना गरिएको आमसभामालाई अध्यक्ष राजेन्द्र लिङ्देन लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जनकारी दिए । दिउँसो १२ बजेबाट आमसभा सुरु हुने भएकाले साढे ११ बजेसम्म कार्यक्रमस्थल पुगिसक्न राप्रपाले अपिल गरेको थियो । प्रदर्शन तथा आमसभामा हुनसक्ने सम्भावित घुसपैठ हुन नदिन राप्रपाले आफ्ना स्वयंसेवकहरू परिचालन गरेको जनाएको छ । राजसंस्था पुनर्स्थापना र हिन्दुराज्यका पक्षमा राप्रपाले प्रदर्शन गर्दै आएको सो पार्टीले अवस्था बदल्न व्यवस्था बदल्नुपर्ने बताउँदै आएको छ ।

यसअघि फागुन १५ मा राजवादीहरूले गरेको प्रदर्शन हिंसात्मक बनेपछि राप्रपाले आफ्नै नेतृत्वमा अभियान अगाडि बढाउने निर्णय गरेको थियो । आजको प्रदर्शनलाई मध्यनजर गर्दै प्रशासनले सुरक्षा रणनीति सोही अनुसार बनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस