२०८२ बैशाख ७, आईतबार
काठमाडौं

काठमाडौंमा लामो समयपछि वर्षा

लामो समयपछि काठमाडौं उपत्यकामा पानी परेको छ
काठमाडौंमा लामो समयपछि वर्षा

२७ चैत, काठमाडौं / लामो समयपछि काठमाडौं उपत्यकामा पानी परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा अहिले वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार अहिले काठमाडौंका एयरपोर्ट, तीनकुने, फुल्चोकी, चन्द्रागिरि, भक्तपुरको सल्लाघारी, दुवाकोट लगायतका स्थानमा पानी परेको छ ।

वर्षा भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण घट्ने अपेक्षा गरिएको छ भने वायु प्रदूषणबाट नागरिकले राहत पाउने भएका छन् । काठमाडौं उपत्यकासहित झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ लगायतका विभिन्न जिल्लामा पनि मेघगर्जन र चट्याङ सहित हल्का पानी परिरहेको उनले बताए ।

‘अहिले खण्डित रूपमा पानी परिरहेको छ,’ मौसमविद् झाले भने, ‘पानीको मात्रा आज राति र भोलि बिहानपख अझै बढी हुने सम्भावना छ ।’ पर्सि पनि पानी पर्ने सम्भावना छ । तर आज र भोलिको तुलनामा केही कमजोर हुनेछ ।

मौसमविद्‍का अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको छ । कर्णाली र सुदूरपश्चिमका जिल्लामा भने पानी पार्ने प्रणाली तुलनात्मक रूपमा कमजोर छ ।

‘उच्च पहाडी र हिमाली जिल्लाहरूमा वर्षाको सम्भावना भए पनि सुदूरपश्चिमको तराईका जिल्लातिर अलि कम सम्भावना छ,’ मौसमविद् झाले भने ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस