२०८२ बैशाख ७, आईतबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

रामेछापबाट लुक्ला उडेको सीता एयरको जहाजमा समस्या

रामेछापबाट लुक्ला उडेको सीता एयरको जहाजमा समस्या

३ वैशाख, काठमाडौं / रामेछापबाट लुक्ला उडेको सीता एयरको जहाजमा प्राविधिक समस्या आउँदा काठमाडौं फर्काएर अवतरण गराइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार हायड्रोलिक समस्या देखिएपछि काठमाडौंमा अवतरण गराइएको हो । सो क्रममा त्रिभुवन विमानस्थलमा केही समय उडान अवतरण रोक्नु परेको थियो ।

हाइड्रोलिक समस्याका कारण जहाज धावनमार्गमा रोकिने हुन्छ । त्यसपछि जहाजलाई सुरक्षित रुपमा बाहिर निकालेर उडान अवतरण सुरु गरिएको छ । अहिले जहाजको प्राविधिक जाँच समेत भइरहेको बताइएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस