२०८२ बैशाख ६, शनिबार
राष्ट्रिय प्रजातन्त्र पार्टी

धवलशमशेर लाई उपचारका लागि रिहा गर्ने तयारी

गृह मन्त्रालय
धवलशमशेर लाई उपचारका लागि रिहा गर्ने तयारी

५ वैशाख, काठमाडौं / हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर जबरालाई रिहा तयारी भएको छ ।

उनलाई उपचारका लागि छाड्ने तयारी भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । उपचार लगत्तै पुनः कानुनी प्रक्रियामा ल्याइने तयारीसहित रिहा लागिएको स्रोतले जानकारी दिएको छ ।

अहिले उपचारका लागि उहाँलाई पठाउन लागिएको हो, गृह स्रोतले भन्यो, लगत्तै उहाँलाई कानुनी प्रक्रियामा फर्काइनेछ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा राज्य विरुद्धको कसुर अन्तर्गत उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीसहित वरिष्ठ नेता रवीन्द्र मिश्रलाई पनि प्रहरीले पक्राउ गरेको थियो । मिश्र भने हिरासतमै छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस