२०८२ बैशाख ८, सोमबार
राजावादी आन्दोलनका क्रममा पक्राउ

मिश्रलाई तेस्रोपटक म्याद थपका लागि अदालत पेस गरिँदै

मिश्रलाई तेस्रोपटक म्याद थपका लागि अदालत पेस गरिँदै

८ वैशाख काठमाडौं / तीनकुनेमा राजावादी आन्दोलनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रसहितलाई म्याद थपका निम्ति प्रहरीले तेस्रोपटक अदालत पेस गर्ने भएको छ ।

यसअघि दुईपटक थप गरिएको म्याद आज आइतबार सकिने भएपछि मिश्र, दुर्गा प्रसाईं लगायतलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं पेस गर्न लागिएको हो ।

चैत १५ गतेकै राति पक्राउ परेका मिश्रलाई यसअघि प्रहरीले थुनामा राखेर अनुसन्धान गर्न पहिलोपटक ५ दिन र दोस्रोपटक २४ चैतमा १५ दिनको म्याद पाएको थियो ।

२८ गते पक्राउ परेका प्रसाईंको समेत त्यही म्याद थपमा मिलान गरिएको थियो । उनीसँगै पक्राउ परेका सासंद धवलशमशेर जबरालाई भने प्रहरीले स्वास्थ्यका कारण गएराति थुनाबाहिर नै राखेर अनुसन्धान गर्ने भएको छ ।

उक्त म्याद आज सकिने भएपछि म्याद थपका लागि उनीहरूलाई अदालत पेस गर्ने तयारी भएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।

मिश्रसहित प्रसाईंलाई राज्यविरुद्धको कसुर र संगठित अपराध मुद्दा चलाइएको छ । संगठित मुद्दामा प्रहरीले ६० दिन थुनामा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस