२०८२ अषाढ १७, मंगलबार

आगलागी

ढुंगेअड्डामा गुडिरहेको बसमा आगलागी

काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी भएको छ ।
ढुंगेअड्डामा गुडिरहेको बसमा आगलागी

११ वैशाख, काठमाडौं /  काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी भएको छ ।

राजधानीको ढुंगेअड्डा नजिक चन्द्रागिरी नगरपालिका–१५ पिपलबोटस्थित मुख्य सडकमा गुडिरहेको एक सार्वजनिक बसमा अचानक आगलागी भएको छ। कलंकीबाट थानकोटतर्फ गइरहेको पाँचपोखरी यातायातको बा.२.ख. ९७८६ नम्बरको उक्त बसमा इन्जिनको भागबाट आगो सल्किएपछि यात्रुहरू आत्तिएर तत्काल बसबाट बाहिर निस्किएका थिए ।

विद्युत्‌को लाइन सर्ट भएर बसमा आगलागी भएको हो । उक्त आगो नियन्त्रणमा आइसकेको छ । आगलागीका कारण बस पूर्ण रूपमा जलेर नष्ट भएको छ तर कुनै पनि यात्रुलाई शारीरिक क्षति भने पुगेको छैन।

प्रहरीका अनुसार बसको इन्जिन भागमा अचानक आगो लागेको थियो। घटनास्थलमा तत्कालै चन्द्रागिरी नगरपालिकाको दमकल, पानी ट्यांकर, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस