२०८२ अषाढ १७, मंगलबार

मोरङमा एक अर्ब लगानीमा औषधि उद्योग खुल्दै

मोरङको बुढीगंगा–२ मा एक अर्ब लगानीमा औषधि उद्योग खुल्ने भएको छ ।
मोरङमा एक अर्ब लगानीमा औषधि उद्योग खुल्दै

१६ वैशाख काठमाडौँ  / मोरङको बुढीगंगा–२ मा एक अर्ब लगानीमा औषधि उद्योग खुल्ने भएको छ । एलेक्सा लाइफ साइन्स प्रालिले अन्तराष्ट्रिय स्तरको गुणस्तरीय औषधि उद्योग खोल्न लागेको हो ।

सो कम्पनीका अध्यक्ष दिनेशकुमार स्वर्णकारका अनुसार हालसम्म उद्योगमा ७५ करोड रुपैयाँ लगानी भइसकेको र थप २५ करोड रुपैयाँ लगानी हुँदा उद्योगको निर्माण सकिने छ । उद्योगले पहिलो चरणमा अत्यावश्यक मानिने स्लाइन पानी, दोस्रो चरणमा एसभीपी सिसाको एक एमएलदेखि २० एमएलसम्मका इन्जेक्सन र तेस्रो चरणमा आँखा र कानको ड्रप (औषधि) उत्पादन गर्ने लक्ष्य लिएको छ ।

अहिले नेपालमा पूर्ण रूपले सञ्चालनमा रहेको एक कम्पनी तथा विदेशी गरी जम्मा ११ कम्पनीको उत्पादन बजारमा आउने गरेको छ । एलेक्सा सञ्चालनमा आएपछि सम्भवतः मुलुककै सबैभन्दा ठुला तथा स्तरीय कम्पनी हुने स्वर्णकारले दाबी गरे ।

सरकारले स्वास्थ्य बिमाको भुक्तानी समयमा गर्न नसकेका कारण पनि औषधि कम्पनीले समयमा भुक्तानी नपाएर समस्यामा रहेको उनले बताए । राज्यको कमजोर स्वदेशी उत्पादन प्रोत्साहन औषधि नीति र लगभग सबै कम्पनीले एकै खालको औषधि उत्पादन गर्ने भएका कारण २० देखि २५ कम्पनी ठिकठाक चलेको र अन्य कम्पनीको अवस्था सन्तोषजनक नरहेको एलेक्साका निर्देशक रञ्जित भगतले जानकारी दिए ।

उनका अनुसार नेपालमा एकै खालको औषधि १० भन्दा बढी स्वदेशी कम्पनीले उत्पादन गरे पनि थप २० भन्दा बढी विदेशी कम्पनीको खुला आयात गर्ने अनुमति दिइँदा स्वदेशी उद्योगले उत्पादन बजारीकरण गर्न सकेका छैनन् । सरकारले स्वास्थ्य बिमाको भुक्तानी समयमा गर्न नसकेका कारण पनि औषधि कम्पनीले समयमा भुक्तानी नपाएर समस्यामा रहेको उनले बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस