२०८२ अषाढ १७, मंगलबार

सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट बिरामीले हामफाले, घटनास्थलमै मृत्यु

धनगढी सेती प्रादेशिक अस्पतालमा उपचाररत मिर्गौला पीडित एक बिरामीले तेस्रो तलाबाट हामफालेका छन् ।
सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट बिरामीले हामफाले, घटनास्थलमै मृत्यु

१६ वैशाख, काठमाडौँ / धनगढी सेती प्रादेशिक अस्पतालमा उपचाररत मिर्गौला पीडित एक बिरामीले तेस्रो तलाबाट हामफालेका छन् । उनको घटनास्थलमै मृत्यु भएको छ ।

प्रादेशिक अस्पतालमा डायलाइसिस गराउँदै आएका कैलालीको गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंहले मंगलबार दिउँसो अस्पताल भवनको तेस्रो तलाबाट हाम फालेका हुन् ।

उनी हामफोलेको ठाउँबाट अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । मिर्गौला पीडित सिंहले प्रादेशिक अस्पतालमा डायलासिस गर्दै आएका थिए । सोमबार पनि डायलासिस गर्न आएका सिंहलाई चिकित्सकले मेडिकल वार्डमा भर्ना गरेका थिए ।

सिंहकी श्रीमती ईश्वरीदेवी उनको कुरुवा बसेकी थिइन् । एकैछिन बाहिर जान्छु भनेर निस्किएका सिंहले एक्कासी तेस्रो तलाबाट हामफालेको देखिएको अस्पतालले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस