२०८२ अषाढ १७, मंगलबार

पाकिस्तानी गोलीबारीबाट कश्मीरमा मारिए १० भारतीय

भारतीय सैन्य अधिकारीले सीमापार गोलाबारीबाट मारिएका सर्वसाधारणको संख्या १० पुगेको पुष्टि गरेका छन् ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख २४, बुधबार
पाकिस्तानी गोलीबारीबाट कश्मीरमा मारिए १० भारतीय

२४ वैशाख काठमाडौं / एक शीर्ष भारतीय सैन्य अधिकारीले सीमापार गोलाबारीबाट मारिएका सर्वसाधारणको संख्या १० पुगेको पुष्टि गरेका छन् । यसबाहेक ३२ जना घाइते भएका छन् ।

उनीहरू सबै भारत र पाकिस्तानबीचको सीमा नियन्त्रण रेखा नजिक मारिएका हुन् । उनीहरू पुंछ जिल्लामा मारिएको सैन्य अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनीहरू सबैको मृत्यु पाकिस्तानी सेनाले चलाएको गोलीबाट भएको भारतीय पक्षको दाबी छ ।

यसैबीच, पाकिस्तानले गए राति भारतीय हवाई आक्रमणमा २६ जनाको मृत्यु भएको र ४६ जना घाइते भएको जनाएको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले नियन्त्रण रेखामा भारतीय हवाई आक्रमण र गोलीबारीमा २६ जनाको मृत्यु भएको बताएका हुन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस