२०८२ अषाढ १७, मंगलबार

नेपाली चलचित्र ‘ऊनको स्वीटर’ र ‘जार’को बुकिङ खुला

शुक्रबारबाट प्रदर्शनमा आउँने तयारीमा रहेका दुई फिल्म ‘ऊनको स्वीटर’ र ‘जार’ले  टिकट बुकिङ खुला भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख २५, बिहिबार
नेपाली चलचित्र ‘ऊनको स्वीटर’ र ‘जार’को  बुकिङ खुला

२५ वैशाख काठमाडौँ / शुक्रबारबाट प्रदर्शनमा आउँने तयारीमा रहेका दुई फिल्म ‘ऊनको स्वीटर’ र ‘जार’ले  टिकट बुकिङ खुला भएको छ । फिल्मका लागि देशभरका प्रायः मल्टीप्लेक्स हलहरूले शो टाइमसहित अग्रिम टिकट बुकिङ खुला गरेको हो ।

एकसाथ देशभर प्रदर्शनमा आउन लागेको यी दुई फिल्ममा कलाकार र विषयवस्तु भने फरक छन् । सायद त्यसैले पनि होला हलले शो पनि फर दिएको छ । दुई फिल्ममध्ये शो संख्यामा ‘ऊनको स्वीटर’ अगाडि देखिएको छ ।

यसलाई देशकै ठुलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले काठमाडौँ उपत्यकामा २१ र मोफसलमा २६ गरी कुल ४७ शो दिएको छ । फिल्मलाई पहिलो दिनका लागि देशभरका हलमा एक सय हाराहारी शो प्राप्त छ । केही हलमा अझै बुकिङ खुल्न बाँकी रहेकाले शोमा थपघट हुनसक्छ ।

त्यस्तै ‘जार’को शो भने ‘ऊनको स्वीटर’ भन्दा केही कम छ । दुबै फिल्मले प्रिमिएर गरिसकेका छन् । प्रिमिएरमा सकारात्मक प्रतिक्रिया पाउन सफल यी दुई फिल्मले व्यवसाय गर्ने समेत अपेक्षा गरिएको छ ।

‘ऊनको स्वीटर’ नवीन चौहानको निर्देशनमा बनेको फिल्म हो । फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस लगायतको अभिनय छ । फिल्मले अन्तरजातीय प्रेमकथा देखाउन खोजेको छ ।

‘जार’ साहित्यकार इन्द्रबहादुर राईको बहुचर्चित कथामा आधारित फिल्म हो । फुर्वा छिरिङ लामा निर्देशित फिल्ममा सौगात मल्ल, अनुप विक्रम शाही र गीताञ्जली थापाको अभिनय छ । फिल्मले पुरानो जार प्रथाको कथा भन्छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस