२०८२ अषाढ १७, मंगलबार

रूपन्देहीको स्कुल बसमा आगलागी

रूपन्देहीको एउटा निजी विद्यालयको बसमा आगलागी भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख २५, बिहिबार
रूपन्देहीको स्कुल बसमा आगलागी

२५ वैशाख काठमाडौँ / रूपन्देहीको एउटा निजी विद्यालयको बसमा आगलागी भएको छ ।

शुद्धोधन गाउँपालिका वडा नं ४ फर्साटिकरमा रहेको लिटिल फ्लावर हायर सेकेण्डरी स्कुलको बसमा आगो लागेको हो ।

बिहीबार बिहान विद्यार्थी बोकेर आउँदै गरेको बस विद्यालय नजिकै पुगेपछि अचानक आगो लागेको स्थानीयले बताएका छन् । आगलागी हुँदा बसमा विद्यार्थी खचाखच थिए ।

आगलागीबाट विद्यालयको लु १ क १३२६ नम्बरको बस पूर्ण रूपमा क्षति भएको छ । बसमा रहेका विद्यार्थी र चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

‘विद्यालयकै अगाडि पुगेपछि अचानक धुँवा पुत्ताउँदै थियो । आगो लागिहाल्यो स्थानीयले मिलेर विद्यार्थीको उद्धार गर्दै गर्दा प्रहरी र दमकल समेत पुगेर आगो निभाउन सकियो,’ स्थानीय मनोज भण्डारीले भने ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस