२५ वैशाख काठमाडौँ / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच सम्भावित युद्ध रोक्न मध्यस्थता गर्न तयार रहेको बताएका छन् ।
जम्मू–कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणको जबाफमा भारतले बुधबार बिहानै पाकिस्तानमाथि हवाई आक्रमण गरेको थियो । पहलगामको पर्यटकीय क्षेत्रमा अप्रिल २२ को दिन आतंककारी हमला हुँदा बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको थियो ।
भारतले पाकिस्तान–नियन्त्रित कश्मिरका पाँच र पाकिस्तानका चार स्थानमा आक्रमण गरेर त्यसको जबाफ दिएको छ । भारतीय आक्रमणका कारण महिला र बालबालिकासहित ३१ जनाको मृत्यु भएको र ५७ जना घाइते भएको पाकिस्तानले जनाएको छ ।
उता भारतले पनि कश्मिरमा पाकिस्तानले गरेको जबाफी गोलाबारीमा १३ सर्बसाधरणको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको बताएको छ । यो घटनाले आणविक हतियार भएका दुई छिमेकी राष्ट्रबीच ’पूर्ण’ युद्ध हुने खतरा बढाएको छ । यस्तोमा ट्रम्पले भारत र पाकिस्तानबीच युद्ध रोक्न मध्यस्थता गर्ने बताएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक वाल्जलाई हटाएपछि रूबिओले राष्ट्रिय सुरक्षा सल्लाहकारको जिम्मेवारी पनि सम्हालेका छन् । रूबिओसँग पाकिस्तानी राष्ट्रिय सुरक्षा सल्लाहकार जनरल मोहम्मद असिम मलिकले पनि कुरा गरेका छन् ।