अभिनेत्री वर्षा सिवाकोटीको ब्यस्तता फिल्ममा निकै बढेको छ । चलचित्र ‘महाराजाधिराज’ मा अभिनेत्री वर्षा शिवाकोटी भित्रिएकी छन् ।
वर्षा अभिनित ‘झिल्को’ गतसाता रिलिज भयो उनले हालै ‘माग्ने राजा’को छायांकन पनि सकिन् । उनले विहीबार मात्र नयाँ फिल्म साइन् गरेकी छन् ।
निर्मातासँग उनको लिखित समझदारी भएको छ । परिच्छेद सेनले निर्देशन गर्न लागेको फिल्मको रिलिज आगामी फूलपाती तोकिएको छ ।
यो फिल्मका प्रस्तुतकर्ता विराज बिष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय चलचित्र पुरस्कार जितेको थियो । फिल्मको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् ।