२०८२ अषाढ १७, मंगलबार

भारत र पाकिस्तानबीच आज वार्ता हुने

युद्धविरामको दुई दिनपछि भारत–पाकिस्तानबीच वार्ता हुन लागेको छ ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख २९, सोमबार
भारत र पाकिस्तानबीच आज वार्ता हुने

२९ वैशाख काठमाडौँँ / युद्धविरामको दुई दिनपछि भारत–पाकिस्तानबीच वार्ता हुन लागेको छ ।

सोमबार दिउँसो भारत र पाकिस्तानका वरिष्ठ अधिकारीहरुबीच वार्ता हुन लागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । हिन्दुस्तान टाइम्सका अनुसार भारतीको सैन्य अपरेशनका महानिर्देशक (डिजिएमओ) लेफ्टिनेन्ट जनरल राजीव घाइ र पाकिस्तानको सन्य अपरेशनका महानिर्देशक मेजर जनरल काशिफ चौधरीबीची सोमबार दिउँसो वार्ता हुने तय भएको हो ।

उनीहरूबीच सोमबार दिउँसो १२ बजे हटलाइनमार्फत वार्ता हुने बताइएको छ । वार्तामा तेस्रो पक्षको मध्यस्थता अस्वीकार्य हुने भारतले यसअघि नै बताइसकेको छ । सो अनुसार दुई डिजिएमओबीच सिधा वार्ता हुने हिन्दुस्तान टाइम्सले जनाएको छ ।

वार्तामा युद्धविरामलाई सुदृढ बनाउने र सीमानामा शान्ति कायम गर्न आधार तयार गर्ने विषयमा छलफल हुने बताइएको छ । डिजिएमओमा मात्रै सिमित हुने वार्तामा कश्मिर तथा सिन्धु जल सम्झौता लगायतका विषयमा छलफल नहुने हिन्दुस्तान टाइम्सले जनाएको छ ।

बुधबारदेखि चर्केको भारत–पाकिस्तान तनाव शुक्रबार उत्कर्षमा पुगेर शनिबार साँझदेखि युद्धविराम भएको थियो । युद्धविराममा कैयौं देशहरूले मध्यस्थ गरे पनि भारतले दुई देशबीच सिधा कुराकानीबाट युद्धविराम भएको बताएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस