२९ वैशाख काठमाडौँ / मुगुको मुगमकामारोङ्ख गाँउपालिकाको पाटनमा पाइने बहुमूल्य जडिबुटी संकलनको मौसम सुरु भएपछि पाटन क्षेत्रमा अवैध यार्सा संकलक गर्नेहरुको भीड लागेको छ ।
स्थानीय मुगमकामारोङ्ख गाँउपालिकाको पालिका स्तरीय निर्णय अनुसार हरेक बर्ष जेठ महिनाको १० गते भन्दा अगाडि पाटन प्रवेश गर्न अनुमति दिने व्यवस्था छ । तर अनुमति नलिइ र शुल्क समेत नबुझाइ यार्सा टिप्नेहरुको भीड लागेको हो ।
मुगुमकामाराङ्ख गाँउपालिका वडा नम्बर १ का कार्मा लामाका अनुसार प्रत्येक दिन दुई सय भन्दा बढी स्थानीय र जिल्ला बाहिरबाट यार्सा संकलन गर्नेहरु रातारात जाने गरेको समेत बताएका छन् ।
राता रात गरेर संकलकहरु बन प्रबेश गरेको सुचना आएपछि पालिकामा सरोकारवाला, सुरक्षा निकाय र पालिकाको निर्णय गरेर बन क्षेत्रमा अवैध रुपमा प्रवेश गर्नेहरुलाई कडा जरिवाना र कारवाहीमा ल्याउने तयारी गरिएको छ ।