२०८२ अषाढ १७, मंगलबार

सिरहा मिर्चैयामा टिपर पल्टिंदा एक जनाको मृत्यु

जनकपुरधाम सिरहाको मिर्चैयामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख ३०, मंगलबार
सिरहा मिर्चैयामा टिपर पल्टिंदा एक जनाको मृत्यु

३० वैशाख, काठमाडौँ / जनकपुरधाम सिरहाको मिर्चैयामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक मिर्चैया नगरपालिका–७ फुलवरियाका ६५ वर्षीय महेन्द्र महरा छन् ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेशराज पुरीका अनुसार आज बिहान पौने ६ बजेतिर उदपुरबाट आएको बागमती प्रदेश ०१–००४ ख २९५३ नम्बरको टिपर कटारीचोक नजिक अनियन्त्रित भएर पल्टेर दुर्घटना भएको हो ।

महराको घटनास्थलमै मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी पुरीले बताए । यसअघि प्रहरीले मृतक चालक भएको बताए पनि उनी स्थानीय व्यक्ति भएको खुलेको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस