२०८२ अषाढ १७, मंगलबार

सरकारले अगाडि बढायो भूमिसम्बन्धी विधेयक

सरकारले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’लाई प्रक्रियाबाट अगाडि बढाएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १, बुधबार
सरकारले अगाडि बढायो भूमिसम्बन्धी विधेयक

३१ वैशाख काठमाडौँ / सरकारले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’लाई प्रक्रियाबाट अगाडि बढाएको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेका छन् ।

सरकारको सिफारिसमा यो विधेयक अध्यादेशका रूपमा राष्ट्रपति रामचन्द्र पौडेलले गत माघ २ गते जारी गरेका थिए । सरकारले जारी गरेका अन्य अध्यादेशसँगै यो अध्यादेश पनि सरकारले माघ १८ गते सङ्घीय संसद् सचिवालयमा दर्ता गरेको थियो ।

ती अध्यादेशसँगै यो अध्यादेशलाई पनि अगाडि बढाउन खोज्दा सत्तारुढ दलहरूबिच नै मतैक्यता नभएपनि होल्ड गरिएको थियो ।
त्यसपछि सरकारले विधेयकलाई नियमित प्रक्रियाबाट अगाडि बढाउने बताएको थियो । सरकारको नीति तथा कार्यक्रममा पनि यो विधेयक अगाडि बढाउने उल्लेख छ ।

विधेयकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना पेस गरेका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस