१ जेठ काठमाडौँ / गर्मी बढेसँगै काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा खरबुजाको व्यापार बढेको छ । दैनिक एक हजार किलोग्रामसम्म खरबुजा बिक्री हुने गरेको एक व्यापारीले बताए ।
कालीमाटी तरकारी बजारमा नेपाली खरबुजाको प्रति किलो ४०–४५ रुपैयाँ किलो छ भने भारतीय खरबुजा प्रति किलो ५० रुपैयाँमा बिक्री भइरहेको छ ।