२०८२ अषाढ १७, मंगलबार

विद्यालयको जग खन्ने क्रममा सकेट बम फेला

विद्यालयको भवन निर्माणको लागि जग खन्ने क्रममा रोल्पामा सकेट बम फेला परेको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ ६, सोमबार
विद्यालयको जग खन्ने क्रममा सकेट बम फेला

५ जेठ काठमाडौँ/  विद्यालयको भवन निर्माणको लागि जग खन्ने क्रममा रोल्पामा सकेट बम फेला परेको छ ।

सोमबार दिउँसो त्रिवेणी गाउँपालिका वडा नम्बर २ दहवनस्थित भगवती माध्यमिक विद्यालयको भवन निर्माणका लागि जग खन्ने क्रममा सकेट बम फेला परेको हो ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विजय चापागाईंका अनुसार जग खन्दा सकेट बम फेला परेको भन्ने सूचनापछि प्रहरी घटनास्थल पुग्दैछ ।

साथै प्रहरीले सकेट बम फेला परेपछि नेपाली सेनासँग पनि समन्वय गरी डिस्पोजलका लागि आग्रह गरेको छ । त्यो सकेट बम युद्धकालमा राखेको हुन सक्ने अनुमान प्रहरीको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस