२०८२ अषाढ १७, मंगलबार

धादिङको थाक्रेमा पुलमा भ्वाङ परेकाले पृथ्वी राजमार्ग बन्द

धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोलाको पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १४, मंगलबार
धादिङको थाक्रेमा पुलमा भ्वाङ परेकाले पृथ्वी राजमार्ग बन्द

१३ जेठ, काठमाडौं / धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोलाको पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द भएको छ ।

पुलमा क्षति भएपछि अहिले आवागमन रोकिएको र डाइभर्सनको काम सुरु गरिएको बागमती प्रदेश ट्राफिक कार्यालयका प्रमुख तथा एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

बाटो नखुलिसकेकाले अहिले काठमाडौं आउने र काठमाडौंबाट बाहिरिने गाडी र तिनमा सवार यात्रुहरु बीच बाटोमै रोकिएका छन् ।

सोताङ खोलामा अहिले नयाँ पुल निर्माणको काम भइरहेको छ । पुरानो पुलको छेउमा नयाँ पुल निर्माण गर्ने क्रममा भाइब्रेसनले गर्दा पुरानो पुलमा क्षति पुगेको अनुमान छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस