२०८२ अषाढ १७, मंगलबार

नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

बाजुरामा मंगलबार नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १४, मंगलबार
नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

१३ जेठ काठमाडौँ / बाजुरामा मंगलबार नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । बा ५च २२०९ नम्बरको जिप दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार जगन्नाथ गाउँपालिका–३ मा टेलिकमको जिप दुर्घटना भएको खबर प्राप्त भएपछि प्रहरी टोली घटना स्थलतर्फ गएको छ ।

मृतकको पहिचान हुन बाँकी रहेको तथा दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी इकपाल हवारीले जानकारी दिए । घटनाबारे थप जानकारी आउन बाँकी छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस