२०८२ अषाढ १७, मंगलबार

एउटै कारमा सात जनाको शव फेला

भारतको हरियाणास्थित पञ्चकुलामा एउटा कारभित्र एकै परिवारका सात जना मृत फेला परेका छन् ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १४, मंगलबार
एउटै कारमा सात जनाको शव फेला

१३ जेठ काठमाडौं /  भारतको हरियाणास्थित पञ्चकुलामा एउटा कारभित्र एकै परिवारका सात जना मृत फेला परेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार दम्पती, उनीहरूका तीन छोराछोरी र दुई वृद्ध सदस्यको शव कारभित्र फेला परेको हो । प्रहरीले सोमबार राति ११ बजेतिर सेक्टर २७ मा सो घटना भएको र सबैको शव कारबाट बरामद भएको जनाएको छ ।

पञ्चकुलाका डीसीपी हिमाद्री कौशिकले मृतक सबै एकै परिवारका भएको र उनीहरूको पहिचान भइसकेको बताउँदै ‘प्रथम दृष्टिमा नै यो आत्महत्याको घटना भएको देखिएको’ जनाएकी छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस