२०८२ अषाढ १७, मंगलबार

सुरक्षा रणनीति बनाउन काठमाडौँ जिल्ला सुरक्षा समितिको बैठक बस्ने

काठमाडौँ जिल्ला सुरक्षा समितिले बैठक बोलाएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १५, बुधबार
सुरक्षा रणनीति बनाउन काठमाडौँ जिल्ला सुरक्षा समितिको बैठक बस्ने

१४ जेठ काठमाडौँ / काठमाडौँ जिल्ला सुरक्षा समितिले बैठक बोलाएको छ । आज साँझ ७ बजे बस्ने गरी जिल्ला सुरक्षा समितिको बैठक बोलाएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जानकारी दिए ।

जेठ १५ गते काठमाडौँमा राजावादी र एमालेले फरक फरक प्रकृतिका कार्यक्रम गर्न लागेपछि जिल्ला सुरक्षा समितिको बैठक बस्न लागेको हो ।

यसअघि मंगलबार गृहमन्त्रीको नेतृत्वको केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो । बैठकमा तीन सुरक्षा निकायका प्रमुखहरूले सुरक्षा रणनीतिबारे ब्रिफिङ गरेका थिए।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस