१५ जेठ काठमाडौँ / काठमाडौं उपत्यकाका तीन वटै जिल्ला कमिटी, १५ वटा निर्वाचन क्षेत्र, जनसंगठनहरू र सम्पर्क समन्वय समितिसमेत परिचालन गरेर एमालेले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउदै र्याली सुरु भएको हो ।
गणतन्त्र दिवसलाई उत्सवका रूपमा बदल्न एमालेका झाँकीहरू अझै पनि निस्किइरहेका छन् । एमालेका कार्यकर्ताहरूले भृकुटीमण्डपमा भेला भएर टुँडिखेल परिक्रमा गर्दैछन् ।
एमालेले दिउँसो २ बजेसम्म रत्नपार्क आसपास र्याली प्रदर्शन गर्नेछ । त्यसपछि राजावादीहरूलाई प्रदर्शन गर्न दिने प्रशासनको तयारी छ ।
एमालेको र्यालीमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, सचिवद्वय पद्मा अर्याल र योगेश भट्टराई प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकाल लगायत नेता सहभागी छन् । र्याली प्रदर्शनपछि भृकुटीमण्डपमा कोण सभा हुनेछ । तर त्यहाँ मञ्च भने बनाइएको छैन।