२०८२ अषाढ १७, मंगलबार

काठमाडौंमा राजावादीको प्रदर्शन

राजतन्त्र फर्काउने भन्दै राप्रपासहित विभिन्न समूहले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १६, बिहिबार
काठमाडौंमा राजावादीको प्रदर्शन

१५ जेठ काठमाडौं / राजतन्त्र फर्काउने भन्दै राप्रपासहित विभिन्न समूहले काठमाडौंमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा राप्रपासहितका विभिन्न समूह सहभागी भएका छन् ।

यसअघि चैत १५ मा भएको आन्दोलनमा रवीन्द्र मिश्र, धवलशमशेर राणा र विक्रम पाण्डेसहितका केही नेता मात्र सहभागी भएकोमा बिहीबार (जेठ १५)मा भएको आन्दोलनमा भने राप्रपा सिंगै सहभागी भएको छ ।

संयुक्त जनआन्दोलन परिचालन समितिको नेतृत्वमा भएको आन्दोलनमा सात ठाउँबाट र्‍याली निकालिएको छ । त्यसमध्ये तीन ठाउँको नेतृत्व भने राप्रपाका नेताहरूले गरेका थिए ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मैतीदेवीबाट आन्दोलनको नेतृत्व गरेका थिए । पशुपति शमशेरले सिफलबाट र डा. प्रकाशचन्द्र लोहनीले सोह्रखुट्टेबाट आन्दोलनको नेतृत्व गरेका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस