२०८२ अषाढ १७, मंगलबार

प्रचण्डसँग सवालजवाफ गर्दा युवक पक्राउ

जयन्ती समारोहमा प्रचण्डसँग सवाल जवाफ गर्न खोज्दा सुर्यगढी गाउँपालिका–२ बोहोरेका जनार्दन अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १९, आईतबार
प्रचण्डसँग सवालजवाफ गर्दा युवक पक्राउ

१८ जेठ काठमाडौँ / शनिबार नुवाकोटको सूर्यगढी गाउँपालिका –३ चोकदेस्थित बागेश्वरी माविको हिरक जयन्ती समारोहमा प्रचण्डसँग सवाल जवाफ गर्न खोज्दा सुर्यगढी गाउँपालिका–२ बोहोरेका जनार्दन अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रचण्डले कार्यक्रममा मन्तव्य राखिरहेको बेलामा नजिकै बसिरहेका युवकले बीचमा उठेर ‘मेरो तपाईंसँग एउटा प्रश्न छ? भनेका थिए। त्यसलगत्तै प्रचण्डले भने, ‘यो समय सवालजवाफ गर्ने होइन । तपाई अघि तल(विदुर)मा भएको पत्रकार सम्मेलनमा आउनु भएन, प्रश्न त त्यही सोध्न पाइन्थ्यो नि ।’

प्रचण्डले यति भनिसक्दा नसक्दै उनका पीएसओले युवकलाई बाहिर जान निर्देशन दिए । केही प्रहरी आएर उनलाई पक्राउ गरेर लगे । पाँच मिटर पर पुग्ने बित्तिकै युवकमाथि अन्य व्यक्तिले युवकमाथि हातपात गरे । यसो भइरहँदा आयोजकले प्रचण्डलाई मायाको चिनो प्रदान गर्‍यो । उद्घोषकले कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको घोषणा गरे ।

दर्शकदिर्घाबाट धेरैको आवाज आयो ‘प्रश्न राख्छु भन्दैमा हातपात गर्न र लछारपछार गर्न त पाइँदैनन नि हो, छ?’ युवकले प्रहरीकै घेरामा केही मुक्काको सामना गरे । बागमती प्रदेशका पूर्वमन्त्री तथा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले प्रश्न सोध्छु भन्दैमा हातपात त गर्नु गलत भएको बताए ।

प्रहरीले पक्राउ गरेका युवक जनार्दन अधिकारीको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ । उनलाई तत्काल रिहा गर्नुपर्ने स्थानीयवासीले माग गरेका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस