२०८२ अषाढ १७, मंगलबार

काठमाडौँमा अनिश्चितकालीन यातायात बन्द

यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ २०, सोमबार
काठमाडौँमा अनिश्चितकालीन यातायात बन्द

१९ जेठ काठमाडौँ / यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको हो ।

सोमबार बिहानदेखि काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी ठप्प छन् । अप्रिय घटना हुन नदिन प्रहरीको बाक्लो उपस्थिति रहेको छ । व्यवसायीले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गरेका छन्‌

यसबारे सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाइ यथाशीघ्र समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि सोमबारदेखि यातायात बन्द गरिएको उनीहरूको भनाइ छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस