१९ जेठ काठमाडौं / सिंहदरबारमा यातायात व्यवसायी र सरकारबीच दोस्रो चरणको वार्ता सुरु भएको छ ।
सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनालका अनुसार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुनः दोस्रो चरणको वार्ता सुरु भएको हो ।
अहिले दोस्रो चरणको वार्ता सुरु भएको छ । राइड सेयरिङलाई वैधानिकता दिने गण्डकी सरकारले बनाएको कानुन खारेज नभएसम्म सहमति गर्दैनौँ । बिहानको बैठक निष्कर्षविहीन सकिएको थियो ।
गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’का नाममा निजी प्रयोजनका निम्ति खरिद गरिएका सवारीसाधनलाई भाडाका सवारीसरह प्रयोग गर्न दिने गरी कानुन ल्याएको छ ।
सोही कानुन खारेज हुनुपर्ने भन्दै सार्वजनिक यातायात व्यवसायीले छोटो तथा लामो दूरीका सवारी बन्द गरेका छन् ।