२०८२ अषाढ १७, मंगलबार

प्रतिनिधि सभा बैठक

प्रतिनिधि सभा बैठक २ बजेसम्मका लागि स्थगित

प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ २१, मंगलबार
प्रतिनिधि सभा बैठक २ बजेसम्मका लागि स्थगित

२० जेठ काठमाडौँ / प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । मंगलबार बिहान ११ बजे बोलाइएको बैठक उक्त समयमा बस्न सकेन ।

विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसक्ने भएकोले दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित भएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै आइरहेका छन् ।

सत्तापक्षले गृहमन्त्रीलाई सदनमा बोल्न दिनुपर्ने बताइरहेका छन् । सभामुखले सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै सदनको गतिरोध अन्त्य गर्न पहल गरिरहेका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस