२०८२ अषाढ १७, मंगलबार

सिफलमा राजावादीको प्रदर्शन

संयुक्त जनआन्दोलन समितिले मङ्गलबार काठमाडौँको सिफलमा राजसंस्थाको पक्षमा प्रदर्शन गरेको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ २१, मंगलबार
सिफलमा राजावादीको प्रदर्शन

२० जेठ काठमाडौँ / राजसंस्था पुनर्स्थापनाका लागि पछिल्लो समय राजावादी दल एवं समूहहरूले काठमाडौँ केन्द्रित प्रदर्शन गर्दै आइरहेका छन् ।

यसैबिच नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले मङ्गलबार काठमाडौँको सिफलमा राजसंस्थाको पक्षमा प्रदर्शन गरेको छ । सिफलको प्रदर्शनमा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि सहभागी भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सिफल सहित बल्खु र कोटेश्वर बाहेकका क्षेत्रहरूमा कुनै पनि किसिमको प्रदर्शन गर्न रोक लगाएपछि सुवेदी नेतृत्वको राजावादी समूहले सिफलमा प्रदर्शन गरेको हो ।

वर्तमान व्यवस्था खारेज एवं राजसंस्था पुनर्स्थापना नभएसम्म राजावादीहरूले प्रदर्शन नरोक्ने बताउँदै आएका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस