२०८२ अषाढ १७, मंगलबार

कृषि मन्त्री किसान संवाद

कृषि अन्तरवार्ता हेरेर गाेलभेडा खेती सुरु गरेका सोम वहादुर नमुना किसान वने

गर्मी भेगमा उत्पादन हुने गोलभेडा चिसोमा नहुने भन्दै छिमेकीहरुले सुरुमा सोम वहादुरलाई पागल भयो भने
कृषि अन्तरवार्ता हेरेर गाेलभेडा खेती सुरु गरेका सोम वहादुर नमुना किसान वने

२१ जेष्ठ, नुवाकोट / नुवाकोट जिल्ला काठमाण्डौ राजधानीको सिमानामा पर्ने नजिकको जिल्ला हो । यस जिल्लामा खाद्य बाली गहु मकै कोदो धान उत्पादन हुदै आएको छ भने विषेश गरी यस जिल्लामा आलु उत्पादन पनि हुने गरेको छ । पछिल्लो समय यस जिल्लामा तरकारी खेती गर्ने किसानहरुको आर्कषण वढदै गएको छ । कृर्षि तथा पशु पंछी विकास मन्त्रालय बागमती प्रदेश हेटौडाले किसानहरुलाई आकृर्षित गर्न र उत्पादन वढाउन पनि अनुदानको कार्यक्रम गर्दै आएको छ । जस अनुसार नुवाकोट जिल्ला मेघाङ गाउँपालिका वडा नं. ३ थासङका थोकर कृर्षि फर्म संचालक सोम वहादुर तामाङले २० रोपनी क्षेत्रफलमा टडेलो निर्माण गरी गोलभेडा खेती गर्दै आएका छन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने कृर्षि कार्यक्रम हेरेर गोलभेडा खेती सुरु गरेका सोम वहादुर गाउँ भरीका नमुना किसान हुन । मेघाङ गाउँपालिकाको थासङ चिसो ठाउँ भएकोले गर्मी भेगमा उत्पादन हुने गोलभेडा चिसोमा नहुने भन्दै छिमेकीहरुले सुरुमा सोम वहादुरलाई पागल भयो भनेर पनि भने तर अहिले डाँडे भरी गोलभेडाका टडेलोले डाके पछि गल्ति वोलिए छ भन्न थालेका छन् यति खेर थासङका छिमेकीहरु । सोम वहादुर तामाङले दैनिक १ सय देखी १ सय ५० किरेट गोलभेडा आफैले उत्पादन गर्दै अएका छन् भने थासङबाट ३ सय किरेट भन्दा वढि गोलभेडा उत्पादन भै विक्रीका लागि काठमाण्डौ चितवन पोखरामा समेत गोलभेडा थासङबाट निर्यात हुने गरेको छ । मेगाङ गाउँपालिका र किसपाङ गाउँपालिका गरी २ वटा पालिकालाई कृषि तथा पशु पंछी मन्त्रालय बागमती प्रदेश सरकारले कृर्षि जोन समेत घोषणा गरेकोे छ ।

भिडियाे लिंक


 

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस