२०८२ अषाढ १७, मंगलबार

माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको पत्र संसद् सचिवालयमा

  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ २३, बिहिबार
माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको पत्र संसद् सचिवालयमा

२२ जेठ काठमाडौँ / पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र संघीय संसद् सचिवालयमा पुगेको छ ।

पतञ्जली योगपीठ तथा आयर्वेद कम्पनीले हदबन्दी छुटमा पाएको जग्गा अपचलन प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री ‍नेपालविरूद्ध पनि भ्रष्टाचार अभियोगमा मुद्दा चलाएको हो ।

यस प्रकरणमा देखिएका ४ वटा कसुरजन्य कार्यमध्ये नेपालको संलग्नता एउटा कसुरमा देखिएको अख्तियारले जनाएको छ । र, १८ करोड ५८ लाख ५० हजार रूपैयाँ उनका नाममा बिगो कायम गरिएको छ ।

भ्रष्टाचार मुद्दा दायर भएसँगै नेपालको सांसद पद पनि स्वतःनिलम्बनमा परेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस