२९ जेठ काठमाडौँ / प्रतिनिधिसभाको जारी अवरोध हटाउनेबारे सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’बीच छलफल जारी छ ।
छलफलमा उपसभामुख इन्दिरा रानामगर र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्नुपर्ने अडानसहित विपक्षीले सदन अवरोध गरिरहेका हुन् । विपक्षीले जेठ १३ गतेदेखि सदन अवरुद्ध पार्दै आएको हो ।
जेठ १५ गते बजेट पेस गर्न भने दिएको विपक्षीले त्यसयताको सबै बैठकमा विरोध जनाउँदै आएको छ । सत्तापक्षले भने गृहमन्त्रीमाथि छानबिन हुन नसक्ने दोहोर्याउँदै आएको छ ।