२०८२ अषाढ १७, मंगलबार

रोकिएको ट्रकमा तीव्र गतिको मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, अर्का घाइते

पर्साको वीरगन्जमा आज रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोकिँदा दुईजना युवकको मृत्यु भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ ३१, शुक्रबार
रोकिएको ट्रकमा तीव्र गतिको मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, अर्का घाइते

३० जेठ काठमाडौँ / पर्साको वीरगन्जमा आज रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोकिँदा दुईजना युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन् ।

बिग्रेर सडक किनारामा रोकिराखेको एचआर ५५ के ३९७१ नम्बरको भारतीय ट्रकमा सिर्सियाबाट डाईपोट तर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल पछाडिबाट ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा पर्साकै छिपहरमाई गाउँपालिका निवासी २३ वर्षीय रामाकान्त यादव र २३ वर्षकै विजय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगन्ज महानगरपालिकाको वडा नम्बर–२२ ड्राईपोर्ट सडकखण्डमा पर्ने सिताराम भन्ने ठाउँमा शुक्रबार बिहान ५ बजेतिर दुर्घटना भएको हो ।
मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका तीन युवकमध्ये उपचारका क्रममा दुई जनाको मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए ।

‘दुर्घटनामा सोही ठाउँका २२ वर्षीय विजय कुमार यादव गम्भीर घाइते भएका छन् । उनको चिन्ताजनक अवस्थामा नारायणी अस्पतालमा उपचार भइरहेको छ, घाइते दुई युवकको पनि सोही अस्तालमा मृत्यु भएको हो ।

दुर्घटनापछि ट्रक चालक फरार भएका छन् । उनको खोजी भइरहेको छ । तीव्र गतिको कारण अनियन्त्रित भएको तीनजना सवार मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस